• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

बुटवलको एक कल सेन्टरमा छापा, १५० जना पक्राउ



बुटवल । ठगी गरेको आरोपमा बुटवलको एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा संचालित कल सेन्टरले ठगी कार्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सो कल सेन्टरबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको पाइएको छ ।

सो कल सेन्टरमा विदेशी नागरिक समेतको लगानी रहेको खुलेको छ ।