• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल

प्रधानमन्त्रीका स्वकीय सचिवका ज्वाइँ पहिलो वरियतामा एसएसपी बढुवा सिफारिस



काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवरलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयले दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार उनलाई बढुवा गरेको हो ।

हाल १ नम्बरमा बढुवा भएका प्रविण कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएर आएका अधिकृत हुन् । जसकारण कुँवर आफ्नो ब्याचमा एक नम्बरमा उक्लिएका छन् ।

कुँवर कायममुकायम एसएसपी र प्रहरी उपरीक्षक (एसपी) हुँदा ११ नम्बरमा थिए भने सशस्त्र प्रहरी निरीक्षकका रुपमा भर्ना हुँदा उनी ७५ जनामा अन्तिम पाँचमा थिए ।

उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण समेत सकरात्मक नरहेको तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेको स्रोतले बतायो ।