• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि



काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको शेयर बजारमा उत्साह देखिएको आईतवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

मौद्रिक नीति आउने दिन शुक्रवार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अंकले बढेको हो । आईतवार नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३९ अंक बढेको छ ।

आईतवार कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवार नेप्सेसँगै कारोबार रकम समेत वृद्धि भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७.२२ प्रतिशतले बढेको छ । त्यस्तै,अन्य उपसमूह ६.९३ प्रतिशत,विकास बैंक ५.१ प्रतिशत, माइक्रोफाइनान्स र लगानी उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढीले बढेको छ ।

आईतवार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा भएको छ । स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९.६ प्रतिशत बढको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्सको ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

शुक्रवार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ । त्यस्तै २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिमभार १५० बाट घटाएर १ सय कायम गरेको छ ।