• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन् ★   बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान ★   सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी ★   कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ? ★   ०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु ★   सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था ★   महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो ★   रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन – रवि लामिछाने ★   मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने

नेपाली सुपरमोडल अञ्जली लामा विश्वचर्चित फेसन म्यागजिन भगको कभर पेजमा



काठमाडौँ । विश्वचर्चित फेसन म्यागजिन भगले नेपालकी सुपरमोडल अञ्जली लामालाई कभर पेजमा स्थान दिएको छ । भागको कभर पेजमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।

प्रख्यात फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले यसअघि कभर पेजमा स्थान दिएको थियो । अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङ गर्दै आएकी अञ्जलीलाई भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा देख्न सकिनेछ ।

फेसनकर्मीका लागि भगको कभरमा आउनु ठूलो सपनाको कुरा हो । अञ्जलीले न्युयोर्क फेसन विककमा र्याम्पमा पनि सहभागी भएकी छन् । उनले हलिउड र बलिउडको संयुक्त लगानीमा निर्माण भएको एक फिल्ममा पनि अभिनय गरेकी छन् ।

भगको कभर स्टोरीमा ‘लामाको व्यक्तिगत र व्यावसायिक यात्राको कथा विश्वले थाहा पाउनु जरुरी छ’ भनिएको छ । अल्पसंख्यक लैंगिक समुदायबारे चेतना फैलाउन फेसनले उत्कृष्ट माध्यमको रुपमा काम गर्न सक्ने अञ्जलीले बताएकी छन् ।