• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

मकवानपुरमा एक वर्षमा ६ हजारले लिए राहदानी



हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षमा साढे ६ हजार बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका छन् ।

विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । कार्यालयले विभागबाट बनाउने गरी ६ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको छ भने चार हजार १३८ द्रुत सिफारिस गरेको छ ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेको थियो । जसमा ८५० वितरण हुन बाँकी रहेका राहदानी थिए । सो आर्थिक वर्षमा चार हजार ३७४ राहदानीमा कार्यालयले साधारण सिफारिस गरेको थियो भने दुई हजार ९५१ द्रुत सिफारिस गरेको थियो ।