• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा ★   लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार ★   कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ ★   कतारी राजाको भ्रमणः राष्ट्रपतिबाट विमानस्थलमा स्वागत, सोल्टीमा राजकीय भोज ★   इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान ★   लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ ★   आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै ★   ट्रकमा आगलागी

अभियान लघुवित्तको आइपिओ आउँदै



काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ०को बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी (२५ लाख कित्ता)को ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी नौ लाख १३ हजार ७५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले यही साउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ १ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।