• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

प्रदेशको अधिकार खोज्दै मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु शीर्ष नेताकोमा पुगे



काठमाडौं । मधेश प्रदेश सरकारले आगामी निर्वाचन अगाडी नै प्रहरी समायोजन गरी हस्तान्तरण गर्न माग गर्दे प्रधानमन्त्री देखी प्रमुखदलका नेताहरु लाई आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीमण्डलमा रहेका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबलाई मधेश प्रदेश स्थायी संरचना निर्माण तथा प्रहरी समायोजन सन्दर्भमा भन्दै ज्ञापनपत्र बुझाएको हो ।

पत्रमा मधेश प्रदेशको सरकारी संरचना रहेको मधेश भबन र प्रदेश सभा रहेको स्थान लगायतका स्थानहरुमा स्थायी संरचना निर्माण का लागि सिफरिस गरेको स्मरण गराईएको छ । मधेश प्रदेश सरकारले मधेश भबन प्रदेशसभा लगायत सिफरिस गरिएका जग्गाहरु प्रदेश सरकारको नाँउमा हस्तान्तरण गर्न आबश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।

यसै गरी प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसुची ५ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा समन्धी अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न पनि माग गरिएको छ ।

शीर्षनेताहरु संगको भेटमा सहभागी मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले न्युजपोलार संग भन्नुभयो “स्थायी संरचनाका बारेमा तत्काल प्रक्रिया अघि बढाउने आश्वासन प्राप्त भएको छ भने प्रहरी समायोजनका सन्दर्भमा भने निर्वाचन पछि प्रक्रिया अघि बढाउने बिषयमा कुरा भएकाे छ ।”