• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

टोटेनहमको पुनरागमन जित



एजेन्सी । इंग्लिस क्लब टोटेनहमले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेलमा टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पुनरागमन जित निकालेको हो ।

टोटेनहमको जितमा ह्यारी केनको दुई गोल गरे । यस्तै, रेन्जर्सका एन्टोनियो कोलाकको गोल सान्त्वना बन्यो ।

खेलको २४औं मिनेटमा एन्टोनियोको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ६ मिनेटको अन्तरमा केनले दुई गोल गरेपछि टोटेनहमले पूनरागमन जित निकालेको हो । केनले ५० औं र ५६ औं मिनेटमा गोल गरेका हुन् ।