• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य ★   रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न ★   कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछः मन्त्री बस्नेत ★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन् ★   बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान ★   सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी ★   कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ? ★   ०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु ★   सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

टोटेनहमको पुनरागमन जित



एजेन्सी । इंग्लिस क्लब टोटेनहमले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेलमा टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पुनरागमन जित निकालेको हो ।

टोटेनहमको जितमा ह्यारी केनको दुई गोल गरे । यस्तै, रेन्जर्सका एन्टोनियो कोलाकको गोल सान्त्वना बन्यो ।

खेलको २४औं मिनेटमा एन्टोनियोको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ६ मिनेटको अन्तरमा केनले दुई गोल गरेपछि टोटेनहमले पूनरागमन जित निकालेको हो । केनले ५० औं र ५६ औं मिनेटमा गोल गरेका हुन् ।