• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न भित्तामा भगवान



काठमाडौं । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ ।

धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो ।

मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ ।

कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्‍यौँ तर अनुरोध नमानेपछि भर्‍याङका भित्तालाई सफा राख्न भगवान्का तस्बिर टाँस्नुपरेको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।