• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न भित्तामा भगवान



काठमाडौं । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ ।

धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो ।

मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ ।

कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्‍यौँ तर अनुरोध नमानेपछि भर्‍याङका भित्तालाई सफा राख्न भगवान्का तस्बिर टाँस्नुपरेको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।