• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो

साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स पहिलोपटक युरोकपको सेमिफाइनलमा



एजेन्सी । साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पेनाल्टीबाट गोल गरिन् ।

फ्रान्सकी दिआनीलाई नेदरल्यान्ड्सकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएका थिए ।

योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा स्वीडेन र इंग्ल्याण्ड भिड्नेछन् ।