• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

देश र बाह्यशक्ति प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर पार्न सत्तारुढ गठबन्धन बनाएः ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकीर गर्नु भयो । मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भईरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको तर्क थियो ।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नु भयो । उहाँले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले सो गन्तव्यलाई पूरा गराउने काममा मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्ध हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘मजदुर वर्गपक्षीय विचारहरुका संवाहक शक्तिहरु, ती हितहरुका संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दछन । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा प¥यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराईयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्गपक्षीय विचारहरु, मजदुर वर्ग पक्षीय हितहरु, मजदुर पक्षीय संगठनहरु, संस्थाहरु, मजदुर वर्ग पक्षीय आन्दोलनहरु, तीनलाई कमजोर पार्ने प्रयासहरु । किनभने अन्तिममा समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य कसको हो त ? यो सम्पन्न सम्भ्रान्त वर्गको गन्तव्य त होइन । उसका लागि अहिलेनै समृद्धि छदै छ नि । अहिले नै कसैको फोर्स बुकमा नाम त लेखिएकै छन नि ।

उनीहरुको गन्तव्य त होइन त्यो । यो गन्तव्य मजदुर वर्गीय गन्तव्य हो । श्रमिक वर्गीय गन्तव्य हो । श्रमजीवि वर्गीय गन्तव्य हो । अहिले पनि जो मानवोचित जीवन जिउन बञ्चित छन । निरपेक्ष गरिवीको रेखामुनि छन । अथवा रोजगारीको अवसरबाट बञ्चित छन । अथवा जिवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट बञ्चित छन । सहज जीवन जीउन सकिरहेका, पाईरहेका छैनन । तीनका निम्ति समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकांक्षा आवश्यक छ । र, त्यो वास्तवमा त्यस वर्गका लागि आवश्यक छ । यसर्थ मजदुर वर्ग यस कुरा प्राप्तीका लागि वर्गीय हिसावले नै प्रतिवद्ध हुन्छ । वर्गीय हिसावले नै इमान्दार हुन्छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको पनि बताउनु भयो । मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उहाँको भनाई थियो ।