• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै ★   अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै ★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने ★   सार्वजनिक खरिद नियमावलीले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन : प्रधानमन्त्री ★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ?

दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन सक्दैनः अध्यक्ष नेपाल



file

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गर्नुभएको छ ।

शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुनेकुरा सम्भव नहुने बताउनु भयो । उहाँले राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको देखा परेको बताउनु भयो । उहाँले देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष नेपालले उहाँले नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेकोले बेलैमा सचेत हुनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । अध्यक्ष नेपालले पुष्पलालबाट दिक्षित भएर नै नयाँ पार्टी खोलेको बताउनु भयो । उहाँले आफूले इतिहासका पानाहरु निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ । खास गरेर पुष्पलालबाट दिक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ । अस्तित्व भनेको आफ्नै क्रान्तिकारी चरित्रको आधारमा नै अरुभन्दा भिन्न रुपमा प्रश्तुत भएर नै स्वच्छ, इमान्दार राजनीतिको निम्ति, समर्पित राजनीतिको निम्ति देश र जनाताको निम्ति हामीले अग्रसरता लिनुपर्ने आवश्यक्ता छ । हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ । राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ । भ्रष्ट प्रवृति देखिरहेको छ । दलाल पुँजीलाई पोषेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पु¥याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवद्र्धन हुनेकुरा सम्भव छैन ।’

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीले देशमा छुट्टै पहिचान बनाइसकेको बताउँदै पार्टीको राजनीति देश र जनताका लागि मात्रै सिमित हुने बताउनु भयो ।