• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

कमल थापाबाट राजभण्डारीलाई उपाध्यक्ष र बस्नेतलाई सह-महामन्त्रीमा मनाेनयन



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पार्टीको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सह(महामन्त्री पदमा दमन बस्नेतलाई मनोनयन गरेका छन् ।

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए ।

आगामी दिनमा आबश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले बताए ।