• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो ★   माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग ! ★   ७ वटा संसदीय समितिको बैठक बस्दै ★   आज चैते दशैं पर्व मनाइँदै ★   मधेशका मुख्यमन्त्रीले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदै ★   गृहमन्त्री रवि लामिछानेले दुई करोड लगेको पुष्टि ★   हैदराबाद र बैंगलोरका खेलमा बनेका यस्ता कीर्तिमानहरु ★   आरसीबीले आईपीएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सकेन, हैदरावाद विजयी, कार्तिकको सानदार ब्याटिङ ★   हैदराबादले तोड्यो आफ्नै कीर्तिमान, बैंगलोरलाई दियो २८८ रनको विशाल लक्ष्य ★   पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने

प्रधानसेनापति शर्मा अष्ट्रेलिया जानुहुँदै



काठमाडौं ।प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शनिबार अष्ट्रेलिया जानुहुने भएको छ । अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालयमा आज नेपाली सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी विविध सुरक्षाका विषयमा छलफल हुनेछ । उक्त सम्मेलन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा हुन लागेको हो । सम्मेलनमा विसं २०५६ देखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ ।

सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन् ।

यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने नेपाली सेनाले जनाएको छ । रासस