• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नागरिकता विधेयकका व्यवस्था विगतकै निरन्तरताः थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै नेता थापाले कुनै पनि नागरिक नागरिकताको अवसरबाट वञ्चित हुन नहुने बताउनुभयो ।