• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

यो देशमा हरेक पुरुषले गर्नुपर्छ बहुविवाह, मनाही गरेमा जेल समेत जानुपर्ने



सांकेतिक तस्बिर

एजेन्सी । संसारका हरेक देशमा विवाहका लागि फरक–फरक कानुन छन् । तर संसारमा एउटा यस्तो देश छ जहाँ हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि पुरुषले दुई विवाह गर्न अस्वीकार गरेमा उसले जेलमा जीवन बिताउनु पर्छ ।

अफ्रिका महादेशका देशहरूमा विवाह सम्बन्धी विभिन्न कानुनहरू छन् । तर यस्तो कानुन संसारको कुनै पनि देशमा छैन । अफ्रिका महादेशको एउटा देशमा अनौठो कानुन छ । यहाँ पुरुषले दुई पटक बिहे गर्नु अनिवार्य छ । यदि कसैले बिहे गर्न इन्कार गरेमा कडा भन्दा कडा सजाय दिइन्छ ।

अफ्रिका महादेशको यो देशमा दुई विवाहका लागि अनौठो कानुन बनाइएको छ । यो अफ्रिकी देशको नाम इरिट्रिया हो । यहाँ पुरुषले दुई पटक बिहे गर्नु अनिवार्य छ ।

इरिट्रियामा दुई विवाह अनिवार्य छ । यदि कुनै पुरुषले विवाह गर्न वा दुई श्रीमती राख्न अस्वीकार गरेमा उसलाई कडा कारबाही हुन्छ । यदि कसैले विवाह गर्न अस्वीकार गरेमा उसलाई आजीवन कारावासको सजाय हुन्छ ।

यो देशमा महिलाकै कारणले यो अनौठो कानुन बनेको हो । इरिट्रियामा पुरुषको तुलनामा महिला बढी छन् । इरिट्रियामा इथियोपियासँग गृहयुद्ध चलिरहेको छ, जसका कारण यहाँ महिलाको संख्या बढी छ ।

सबैभन्दा अचम्मको कुरा त यो देशमा महिलाका लागि कडा कानुन छ । यहाँका महिलाले पुरुषलाई दुई पटक विवाह गर्नबाट रोक्न सक्दैनन् । विवाहमा कुनै बाधा पुर्याउने हो भने महिलालाई पनि जेल हालिन्छ ।