• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ?

झाँक्री नाच्ने अनौठो मेला



रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुम गाउँमा झाँक्री नाच मेलाको रौनकता सुरु भएको छ। मंगलबारदेखि सुरु भएको झाँक्री नाच आगामी शनिबारसम्म चल्ने बताइएको छ।

लुकुममा हरेक वर्षको साउने संक्रान्तीमा झाँक्री नाच नाचिन्छ। झाँक्री नाचलाई ‘राके तिवार’ अर्थात् ‘झाँक्री राम’ पनि भनिन्छ। साउने संक्रान्तीलाई मगर बाहुल्य क्षेत्रमा तिवार र राँके पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन्। यसै अवसर पारेर लुकुम गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ, त्यसै बारदेखि सबै थरका झाँक्रीहरू मिलेर झाँक्री मेला मान्ने गर्दछन्।

स्थानीय मगर सांस्कृतिक अभियान्ता तिलक मगरका अनुसार यो चलन लामो समयदेखि चल्दै आएको छ। झाँक्रीहरूले एक अर्काको ग्रहदशा हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू (मेला हेर्नेहरु) र झाँक्रीका चुन्मी (सहयोगी) वा भान्जका बीचमा एकअर्कालाई सिस्नो हानाहान गरेर रमाइलो गर्ने परम्परा रहेको स्थानीय सुनिल रोकाले बताउनुभयो।


राजु लामिछाने/ गोरखापत्र