• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै ★   अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै ★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर



एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ ।

ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो ।

एलन मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।

मस्क फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए र २०१९ को ‘मस्ट इनोभेटिब लिडर’मा पहिलो स्थान मा परेका थिए । उनलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिशेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरिएको छ ।

व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेका कारण मस्कले सम्झौताबाट पछि हटेको भन्दै सम्झौताको नियम उल्लघंन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्वीटर कम्पनीका अध्यक्ष ब्रेट टेलरले आफ्नो दायित्वप्रति मस्क जिम्मेवार हुनुपर्ने बताएका छन् ।

ट्वीटर सम्झौता भएपछि टेस्ला कम्पनीको शेयरका साथै शेयर बजारमा गिरावट आएको रिटमा आरोप लगाइएको छ । मस्कको सम्पत्ति २०२१ को नोभेम्बरमा १ सय बिलियन डलरको गिरावट आएका कारण यो सम्झौताबाट उनीपछि हट्न खोजेको जनाइएको छ ।