• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर



एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ ।

ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो ।

एलन मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।

मस्क फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए र २०१९ को ‘मस्ट इनोभेटिब लिडर’मा पहिलो स्थान मा परेका थिए । उनलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिशेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरिएको छ ।

व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेका कारण मस्कले सम्झौताबाट पछि हटेको भन्दै सम्झौताको नियम उल्लघंन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्वीटर कम्पनीका अध्यक्ष ब्रेट टेलरले आफ्नो दायित्वप्रति मस्क जिम्मेवार हुनुपर्ने बताएका छन् ।

ट्वीटर सम्झौता भएपछि टेस्ला कम्पनीको शेयरका साथै शेयर बजारमा गिरावट आएको रिटमा आरोप लगाइएको छ । मस्कको सम्पत्ति २०२१ को नोभेम्बरमा १ सय बिलियन डलरको गिरावट आएका कारण यो सम्झौताबाट उनीपछि हट्न खोजेको जनाइएको छ ।