• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन: मन्त्री श्रेष्ठ ★   सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो? ★   आईपीएलमा आज कडा टक्कर: पहिलो स्थानको लागि कोलकाता र राजस्थान भिड्दै ★   इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३३ हजार ७९७ पुग्यो ★   दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए ★   मधेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिँदै ★   ३ वटामात्रै विधेयक पारित गरेर सकियो संसदको हिउँदे अधिवेशन, २४ विधेयक संसदमै ★   आज चैतेदसैँ: बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो ★   जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो ★   माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग !

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः नेता पुन



काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ ।

सो समिति गठन लगत्तै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गर्नुभयो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभयो । उहाँले छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गर्नुभयो । प्रतिनिधिसभाले आज मात्रै ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० दिनको समयावधी दिइएको छ ।

छानबिनपछि निर्दोष देखिएपछि नेता शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने समेत नेता पुनको संकेत थियो । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढङ्गले प्रचार गरेकामा समेत नेता पुनले आपत्ति जनाउनुभयो । उहाँले छानबिन अघि नै शर्मामाथि कारवाहीको माग गरेमा समेत आपत्ति जनाउनुभयो ।