• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

अवैध छुर्पी बरामद



नेपालगञ्ज । सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह नाकाबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल ३० नं गण बागेश्वरी, बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज–१६ जयसपुर नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेको रु दुई लाख ९० हजार बराबरको अवैध छुर्पी बरामद गरेको उहाँले बताउनुभयो ।

बरामद गरिएको सबै अवैध छुर्पीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।