• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo

निर्वाचनमा भएका अन्तरघातको छानबिनका लागि एमालेले बनायो समिति



फाईल फोटो

काठमाडौं । नेकपा एमाले स्थानीय निर्वाचनमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएपनि अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले सो निष्कर्ष निकाल्दै पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो ।

यस्तै, असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने र जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको छ ।

समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।