• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल

दक्षिण पश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते



Symbolic Picture

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार एक यात्रुबाहक बस खाल्डोमा खस्दा कम्तीमा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो । तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले थप मृत्यु हुने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।

देशको राजधानी इस्लामाबादबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बसमा ३० भन्दा बढी यात्रु सवार थिए ।




भर्खरै