• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच आज भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलन सफलरुपमा आयोजना गरेकोमा बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले असंलग्न आन्दोलनका आदर्श महत्वपूर्ण भएको उल्लेख गर्दै यसका आदर्श र एजेन्डाप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गर्नुभएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीको समाधान गर्न सकिने धारणा राख्नुभएको थियो । अजरबैजानसँग नेपालको लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उहाँले २०७२ सालको भूकम्प पछिको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गर्नुभएको थियो । यसअघि स्पेनमा भएको अन्तर व्यवस्थापिका सङ्घको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद् तयार रहेको बताउनुभयो ।

सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी हुनुहुन्थ्यो । बाकुमा जारी सम्मेलनमा सहभागी हुन यही असार १४ गते त्यसतर्फ प्रस्थान गर्नुभएका सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल यही असार १९ गते साँझ नेपाल फर्कने कार्यक्रम छ ।