• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य

अब परिवर्तनका लागि आन्दोलन आवश्यक छैनः सुवासचन्द्र नेम्वाङ



file

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

शुक्रवार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताउनुभएको हो । उहाँले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताउनुभयो । उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ६ वर्षकै बीचमा सर्व सम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्व स्वीकार्य बनाएका छौँ । अब यत्तिमात्रै जोड्छु, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ । जनता त्यति अधिकार सम्पन्न भइसके । व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी मन पर्दैन पार्टी नयाँ बनाउनुस्, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जनतालाई सुख दिनको लागि, जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक छ । हाम्रा सबै कुरा संविधानअनुसार चल्नुपर्छ । २० गतेको सांसदमा ल क्याम्पसबारे कुरा उठ्छ ।’

उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दलपनि संविधान अनुसार नै चल्नुपर्ने बताउनु भयो ।