• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन् ★   बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान ★   सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी ★   कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ? ★   ०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु ★   सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था ★   महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो ★   रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन – रवि लामिछाने ★   मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने ★   फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

अब परिवर्तनका लागि आन्दोलन आवश्यक छैनः सुवासचन्द्र नेम्वाङ



file

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

शुक्रवार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताउनुभएको हो । उहाँले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताउनुभयो । उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ६ वर्षकै बीचमा सर्व सम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्व स्वीकार्य बनाएका छौँ । अब यत्तिमात्रै जोड्छु, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ । जनता त्यति अधिकार सम्पन्न भइसके । व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी मन पर्दैन पार्टी नयाँ बनाउनुस्, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जनतालाई सुख दिनको लागि, जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक छ । हाम्रा सबै कुरा संविधानअनुसार चल्नुपर्छ । २० गतेको सांसदमा ल क्याम्पसबारे कुरा उठ्छ ।’

उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दलपनि संविधान अनुसार नै चल्नुपर्ने बताउनु भयो ।