• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

खुल्ला सम्पदाको संग्रालय लोमान्थाङ – फोटो फिचर



लोमान्थाड प्राचीन बस्ती र दरबारः

यो वस्ती जोमसोमबाट ८२ किलोमिटर उत्तरी भागमा पर्छ । जोमसोम हुंदै जान गाडीको यात्राबाट सहज छ । बाह्रै महिना जाडो हुने हुंदा न्यानो कपडाको व्यवस्था गर्नुपर्छ ।

यो मध्यकालिन वस्ती माटोको शहरको रुपमा लिन सकिन्छ । उतिबेला यहां जति संरचना निर्माण भए सबै माटो र काठले मात्र बनेका छन । यसको खास कारण यो क्षेत्रमा पानी नपर्ने हुंदा माटोको संरचना बनेको देखिन्छ । यहाँको ऐतिहासिकता र पुरातात्विक भनेको दरबार र यहाँका गुम्बा हुन ।

मध्यकालमा यो स्थानमा धेरै लडाई र बाहिरी आक्रमण हुन्थ्यो भन्ने कुरा यहाँको संरचनाले व्यक्त गर्दछ । यहाँ अहिले पनि करिब ३० फिटको वरिपरि पर्खालभित्र दरबार र वस्ती रहेको पाइन्छ । यो पर्खालभित्र अझै पनि १८० वटा माटाका घरहरु छन । १०८ कोठाको ५ तले दरबार छ । दरबार र वस्तीको वरिपरि कुलेसो बनाएर पानी घुमाएको छ । यसले त्यो बेला कुनैबेला आगलागि भैहालेमा निभाउन स्थानीय प्रविधिको भरपुर प्रयाग गरेको देखिन्छ । यो वस्तीका सबै घरहरु र दरबारमा सेतो कमेरोले पोतेको छ । वस्तीको वरिपरि ३ वटा गुम्बाहरु छन । यी गुम्बामा रातो माटोले पोतेकोे छ ।

यसले सेतो भागलाई राज क्षेत्र र रातो भागलाई धर्म क्षेत्रको संकेत गर्दछ ।

यो प्राचीन वस्तीमा ३ वटा ऐतिहासिक गुम्बाहरु छन । छोदे अथवा मोन्छयो ड्रग्कार थेग्छेन लिङ गुम्बामा लामा सम्बन्धी पढाई हुन्छ भने भ्mयाम्बा र थुक्छेन गुम्बामा चाहीं धार्मिक कार्यक्रमहरु हुने गर्छन । यहाँको जन्मदेखि मृत्यु संस्कार सम्मको अध्ययन गर्दा हरेक जीवन गुम्बासँग जोडिएको पाइन्छ ।

भ्mयाम्बा गुम्बाभित्र पनि साना ठूला गरी १०८ वटा मण्डलाचित्र छन । ५५ फिटको माटोको बुद्धको मुर्ती छ । यसले पछि आउने बुद्धलाई जनाउँछ । छेउछेउमा दुईटा अवलोकेश्वर र मञ्जुश्री (झम्पीयाङ वा ज्ञानकी देवी) को मुर्ती छ ।

यहाँ लोमान्थाङको प्राचिन वस्तीको समयको पुरानो ङुन्गा छोदे गुम्बा पनि पुनः निर्माण हुँदैछ । ठाउँठाउँमा मनमोहक ८ वटा छोर्तेनहरु छ । झम्पा गुम्बा को ऐतिहासिकता भनेको प्राचीन मण्डला चित्र हो , गुम्बाभित्र १५ फिटको मण्डला चित्र देख्न सकिन्छ । यो नै नेपालको सबैभन्दा ठूलो भित्तेचित्र हो ।

अर्को छेदे गुम्बाःयहां धातुका मुर्तीहरुको संग्रह नै छ । दरबारः पटाङ्गीनी छ , यहांको महत्व माटोको पर्खाल हो । यो क्षेत्रलाई गुफाको शहर पनि भन्न सकिन्छ । यहाँबाट तिब्बत नजिक पर्ने भएकोले व्यापार र तिब्बतको सम्बन्ध धेरै नजिकको छ ।

फोटो- पदम तिमिल्सिना / अल थ्री मिडिया