• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा

रामायण सर्किट रेल जनकपुरधाममा, मुख्यमन्त्री राउतले गरे स्वागत



भारतको राजधानी नयाँदिल्लीबाट प्रारम्भ भएको रामायण सर्किट रेल बिहीबार जनकपुरधाम आइपुगेको छ । रेलमा झण्डै पाँच सय धार्मिक पर्यटक रहेका छन् ।

भारत गौरव टुरिस्ट रेल नाम दिइएको यो रेल अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै जनकपुर आइपुगेको हो । रेलमा सवार धार्मिक पर्यटकलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नु भएको थियो ।

धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो भारतीय रेल हो । यो रेल सीमावर्ती भारतीय शहर जयनगरबाट जनकपुरधाम आइपुगेको थियो ।

महाभारतमा वर्णित भए अनुसार त्रेतायुगमा राम र सीताको विवाह यहीँ जनकपुरमा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकाँक्षी यस रेल सेवाले रामायणमा उल्लेख गरिएका सबै ठाउँलाई जोड्ने छ ।

रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।

जनकपुरमा ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले जानकारी दिनु भएको छ ।

यो रेल गत मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो । रेलको दुईवटा डिब्बालाई विशेष रूपमा योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ । रेलमा १४ वटा डिब्बा छन् । केही बोगीका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवं लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवद्र्धन गर्ने किसिमका सामग्री राखेर सजावट गरिएको छ ।