• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती

रामायण सर्किट रेल जनकपुरधाममा, मुख्यमन्त्री राउतले गरे स्वागत



भारतको राजधानी नयाँदिल्लीबाट प्रारम्भ भएको रामायण सर्किट रेल बिहीबार जनकपुरधाम आइपुगेको छ । रेलमा झण्डै पाँच सय धार्मिक पर्यटक रहेका छन् ।

भारत गौरव टुरिस्ट रेल नाम दिइएको यो रेल अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै जनकपुर आइपुगेको हो । रेलमा सवार धार्मिक पर्यटकलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नु भएको थियो ।

धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो भारतीय रेल हो । यो रेल सीमावर्ती भारतीय शहर जयनगरबाट जनकपुरधाम आइपुगेको थियो ।

महाभारतमा वर्णित भए अनुसार त्रेतायुगमा राम र सीताको विवाह यहीँ जनकपुरमा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकाँक्षी यस रेल सेवाले रामायणमा उल्लेख गरिएका सबै ठाउँलाई जोड्ने छ ।

रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।

जनकपुरमा ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले जानकारी दिनु भएको छ ।

यो रेल गत मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो । रेलको दुईवटा डिब्बालाई विशेष रूपमा योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ । रेलमा १४ वटा डिब्बा छन् । केही बोगीका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवं लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवद्र्धन गर्ने किसिमका सामग्री राखेर सजावट गरिएको छ ।