• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

हुण्डीबाट रकम बिदेश पठाउन मतियार बनेको भन्दै दाहाल बिरुद्ध उजुरी



काठमाडौं । वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहाल हुण्डी कारोबारमा सग्लन भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अधिवक्ता प्रेमसिंह धामीले वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनु भएको हो । धामीले यस प्रकरणमा न्यायपरिषदको समेत ध्यानाकर्षण गराउनु भएको छ ।

धामीले ललितपुर जिल्लाको एउटा जग्गा कारोबारमा भएको ३२ करोड रूपैया हुण्डीबाट भारतलगायतका देशमा गएको र यसमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको दाबी गर्नुभएको छ ।