• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   कानुनका कुरा : प्रहरीले पक्राउ गर्यो, अब के गर्ने ? ★   घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर ★   विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा

ठूलो महानगरको ठूलै आकारको बजेट



फाईल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो ।

आगामी वर्षका लािग चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । आगामी वर्षको बजेटले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो ।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो ।

आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गते स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ ।




भर्खरै