• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

वायु सेवा निगमको कामु महाप्रबन्धककाे जिम्मेवारी पाइलट दीपु ज्वारचनलाई



काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमको कामु महाप्रबन्धककाे जिम्मेवारी पाइलट दीपु ज्वारचनलाई दिएकाे छ । उनलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारीसमेत दिइएको छ ।

यसअघिका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको मन्त्रिस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।

ज्वारचन पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेबारीमा छन् । निगमको व्यवस्थापकीय जिम्मेबारीमा करिब १३ वर्ष बिताएका उनीमाथि कर्मचारीले निगमको लथालिङ्ग अवस्थामा सुधार आउने अपेक्षा गरेका छन् ।