• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

हैजा रोकथाम गर्न छ सदस्यीय समिति गठन



प्रतीकात्मक तस्बिर

काठमाडौं । काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको छ ।

बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन गरेको छ ।

उक्त हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको बताइएको छ ।

गठित टोलीले हैजाको केश जहाँ पत्ता लाग्छ त्यस वरिपरिका हैजाका लक्षण भएका अन्य बिरामी भए नभएको एकिन गर्ने र उनीहरुले कस्तो खानेकुरा वा खानेपानी सेवन गर्छन् अनुगमन गरी नुमना संकलन गर्नेछ ।