• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन

‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने फार्मेसी सञ्चालक पक्राउ



काठमाडौँ । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडाँैं तारकेश्वर–५ गोलढुगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् ।

गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।