• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैन: कुलमान घिसिङ ★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ ★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली ★   एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै ★   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ ★   जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित ★   चेन्नईका फ्यानहरूको बीचमा लखनउका एक मात्र फ्यानले मजा लुटे ★   त्रिपालको ओतमुनि तातोपानी कुण्ड: बिरामीलाई सास्ती ★   रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध ★   कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने फार्मेसी सञ्चालक पक्राउ



काठमाडौँ । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडाँैं तारकेश्वर–५ गोलढुगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् ।

गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।