• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

राष्ट्रिय लोक बाजा संग्रहालयमा महानगरपालिकाका प्रमुख साह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले त्रिपुरेश्वरमा रहेको राष्ट्रिय लोक बाजा संग्रहालयको अबलोकन गर्नुभएको छ । संग्रहालयमा नेपाली मौलिक वाध्यवादनहरु सग्रह गरिएको छ ।

संग्रहालयमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रयोग गरिने जातीय, धार्मिक, ऐतिहासिक महत्वका विभिन्न लोक बाजाहरु संरक्षण गरिएर राखिएका छन् ।

संग्रहालयमा सिलसिलाबद्धरुपमा भूगोलका आधारमा बाजाहरुलाई राखिएको संग्रहालयका निर्देशक रामप्रसाद कडेलले जानकारी दिनुभयो । लोकबाजाहरुको संरक्षणका निमित्त देशमा स्थापित यो एक मात्र संग्रहालय हो ।