• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता– तस्बिरहरु ★   जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले ★   झापामा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु ★   कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ ★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित

पिपुल्स पावर आइपिओको बिक्री खुला



काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो ।

कम्पनीले कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडा बाहेक इलाम जिल्लाका बासिन्दाका लागि चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको छ । लगानीकर्ताले आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम शेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४।९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।