• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

एन्फाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज अपरान्ह ५ बजे हुने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सपथ ग्रहण हुनेछ ।

सोमबार भएको निर्वाचनबाट एन्फाको १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ । अध्यक्षका अर्का प्रत्यासी तथा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ चार वर्षका लागि एन्फा नेतृत्वको सर्वोच्च पदमा पुगेका हुन् ।

नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरेका थिए भने अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सुन्य मत प्राप्त गरेका थिए ।

निर्वाचनमा शतप्रतिशत ८४ मत खसेको थियो । ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका थिए ।