• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

अनशनरत तिलक कोइराला अस्पतालमा, पुनः अनशन बस्न जान दिइएन



काठमाडौँ । पूँजीबजार सुधार र विकासको १९ बुँदे माग राख्दै यही असार १ गतेदेखि अनशन बसेका तिलक कोइराला अस्पताल भर्ना भएका छन् । पूँजीबजार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला अनशन बसेको आज सातौँ दिन हुँदा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई पाटन अस्पताल पुर्याइएको छ ।

चिकित्सककै आग्रहमा अस्पताल पुर्याइएका कोइरालालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । कोइरालाले आफू ठिक रहेको बताए पनि अनशनस्थल (नेपाल धितोपत्र बोर्ड) फर्कन खोजेका छन् ।

तर उनलाई अस्पताल बाहिर जान नदिन अस्पताल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीका अनुसार राज्यकै निर्देशनमा उनलाई अस्पतालबाहिर जान नदिएर बन्धक बनाएको छ ।