• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

हङकङविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल



काठमाडौं । मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिष्पर्धा गर्दैछ ।

किनरारा ओभलमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ । समूह बीमा रहेको नेपाल ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

२ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसअघि नेपालले भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।