• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । शनिबार बिहान डेलावेयर राज्यमा रहेको घर नजिकै उनी लडेका थिए । उनलाई चोटपटक भने लागेको छैन ।

७९ वर्षीय राष्ट्रपति बाइडेन लडेपछि तत्काल उठेका थिए । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा उनी लडेको देख्न सकिन्छ । उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए ।

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा सन्तुलन गुमाउँदा उनी लड्न पुगेका थिए ।

उनलाई ठूलो चोट नलागेको र औषधि उपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले जनाएका छन् ।