• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल

बेवास्तामा काठमाडौं उपत्यकाका पोखरी (फोटोफिचर)



नागदह, धापाखेल ।

आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् ।

तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ । हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ ।

शहरमा शिक्षित मानिसको बसोवास रहेपनि नैतिकता भने कै देखिन्छ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ । जनचेतना भएरपनि प्रयोगात्मकरुपमा कमजोर छन् शिक्षित शहरका मानिसहरु । यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ । देशको संघीय राजधानी हो काठमाडौं । मल्लकालीन सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो । तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ भन्दा फरक पर्दैन ।

काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन । करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ । खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ ।

पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ । राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन् । हुनतः काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौँ यो सम्पूर्ण शहर नै अव्यवस्थित बनेको छ ।

राज्यपक्ष, स्थानीय निकाय यसमा पुनःनिर्माण गर्न र व्यवस्थित बनाउन गफमा नै तल्लिन छन् । ‘नजिकको तीर्थ हेला’ नेपालीमा रहेको यो प्रचलित उखान ठ्याक्कै काठमाडौंवासी र नेपाली राजनीतिक दलका नेतृत्वहरुलाई सुहाउँ, चरितार्थ हुन्छ । किनभने राजनीतिक दलका नेताहरु डाँडामा भ्यूटावर बनाउन पुग्छन् तर नजिकको सभ्यता, संस्कृति, पहिचान, कला र पर्यटकीय गन्तव्यहरुलाई बिर्सिएर अझ भनौँ आफैँमा रहेको वासनालाई कस्तुरीले खोज्दै हिँड्ने गरेझैँ त्यही बाटोमा अघि बढ्दैछन् । अझै हाम्रो सभ्यता, संस्कृति, पहिचान, कला जोगाउन नसके हामीले देशकै पहिचान जोगाउन सक्दैनौँ ।

तसर्थ पनि इतिहास बोकेका संरचना बचाउँदै, भत्केका र जीर्ण रहेका तालतलैया, पोखरीको मर्मतसम्भार गरेर आफ्नो पहिचान र शिक्षित वर्गको परिचय हामी शहरीवासीले नै दिनुपर्छ । किनभने प्राकृतिक स्थल मानिसको मात्रै हो भन्ने हुँदैन, त्यहाँ रहने भौतिक चराचर जीवजन्तुको पनि वासस्थान हो । त्यसैले अब वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरुक हुनुपर्छ ।

प्रदुषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ । मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ हामिले आफ्नो अधिकार आफै हनन् गर्दै आएका छौँ । त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ ।

भौतिक सुविधा तथा सेवाको उपलब्धताले मानव बसोवासको व्यापक दबाबमा परेको शहरी क्षेत्रको व्यवस्थित शहरीकरण गर्नुपर्ने आवश्यकता नेपालजस्ता विकासोन्मुख मुलुकमा छ । साथै शहरी क्षेत्रमा नैतिकताको जनचेतना जगाउनु पर्ने देखिन्छ ।

भक्तपुरको मध्यपुर ठिमी उकालोको वालकुमारी पुखु (पोखरी)
कमल पोखरी, चापागाँउ ।
कमलपोखरी, काठमाडौं ।
खिचापोखरी, हरिसिद्दि ।
गुइत पोखरी, पाटन ।
नागदह, धापाखेल ।
बुद्ध पोखरी, ठेचो ।
भक्तपुरको भाज्या पुखु (पोखरी)
भक्तपुरको मध्यपुर गार्चामा रहेको स्वगां पुखु (पोखरी)
वालकुमारी पोखरी ।
भक्तपुरको मध्यपुर ठिमी स्वगुं पुखु (पोखरी)
सप्तपाल पोखरी लगनखेल ।
हरिसिद्धि पोखरी, हरिसिद्धि ।