• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

समालोचना विधाको विकास हुन नसकेकोमा साहित्यप्रेमीहरुको चिन्ता



काठमाडौं । नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोखेको छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

राजोपाध्याय समाजले  काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राखेका थिए ।

कार्यक्रममा स्वर्गीय इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको थियो । समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य लगायतले पुस्तकको विमोचन गर्नुभएको थियो । विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् सह प्राध्यापक शर्माले समालोचना गरेका छन् ।

विमोचित उक्त पुस्तकको बारेमा बोल्दै वरिष्ठ पत्रकार शाक्यले समालोचना विधामा इतिहासविद् शर्माको खुबीको प्रशंसा गर्नुभयो । ‘गिरिजा प्रसाद जोशीलाई साहित्य क्षेत्रमा पागल कविसमेत भन्ने गरिन्छ, मनमा उठेका भावनालाई जस्ताको तस्तै लेख्ने स्वच्छन्दवादी पनि भनिन्छ, उनको विचारको स्वतन्त्रतालाई गोवर्धनले राम्ररी प्रस्तुत गरेका छन्’ शाक्यले भने ।

समालोचक ताम्राकारले साहित्य क्षेत्रमा गिरिजा प्रसाद जोशीको योगदानको स्मरण गर्दै विमोचित पुस्तकले इतिहासविद् शर्मासँग सच्चा समालोचकको खुबीसमेत प्रमाणित गरेको विचार राख्नुभयो । ‘गोवर्धन शर्माले यस पुस्तकमा गिरिजाप्रसाद जोशीको उपन्यासको समीक्षा गर्ने क्रममा समालोचनाको एक एक नियमलाई ध्यानमा राखेको स्पष्टै देखिन्छ । आज उहाँ जिवीत हुनुभएको भए हामीले समालोचना विधामा उहाँबाट धेरै लिन सक्थ्यौं तर, अफसोच उहाँ हुनुहुन्न’ ताम्राकारले शर्माको समालोचनाको प्रशंसा गर्दै दुःखसमेत व्यक्त गरे । शर्माका सुपुत्र सुभाष शर्माले बुबा स्वर्गीय भएको १४ बर्ष पछि उहाँको पुस्तक प्रकाशन हुँदा निकै खुसी लागेको बताए ।

नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीलगायतले राजोपाध्याय समाजले आफ्नो पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमै विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा महामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुको साथमा समाजबाट २०७६ र ७७ सालमा एस.ई.ई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो । समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो ।