• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ)

फिल्म बाबरीको शीर्ष गीत र पोस्टर सार्वजनिक



काठमाडौं । नेपाली फिल्म बाबरीको शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रङ्ग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ । गीत सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

कार्यक्रममा बोल्दै अग्रज अभिनेता भुवन केसीले फिल्मले सफलता हात पार्ने बताउनु भयो । उहाँले फिल्मको टिजर र गीत हेर्दा नै चलचित्रले इतिहास रच्ने लागेको बताउनु भयो । त्यस्तै नायिका अदिती बुढाथोकीले फिल्म हेरेर माया गर्न आग्रह गर्नुभयो । त्यस्तै नायक धिरज मगरले सुटिङको बेलामा धेरै गाह्रो भएपनि अहिले फिल्म र गीत उत्कृष्ट बनेको बताउनु भयो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य अभिनय रहनेछ । फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् भने सुष्मा गुरुङ सह निर्माता हुनुहुन्छ । फिल्म काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । फिल्म बाबरी भदौ ३१ गतेदेखि हलहरुमा प्रदर्शन हुनेछ ।