• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख



मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् ।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो ।

विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल गरेका थिए।

‘अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो। त्यसमा नेपालको लोकतान्त्रिक पद्धतिमा वाम गठबन्धनका बारेमा पनि कुराकानी हुनु स्वाभाविक हो । त्यत्रो अवसर हुँदाहुँदै कहाँ चुक्यौं भन्ने विषयमा सामान्य छलफल भयो। कमजोरीमा भूमिका आ–आफ्नै किसिमका होलान् तर कमजोरी भएकै हो भन्ने कुरा भयो,’ श्रेष्ठले भने । नागरिक दैनिक