• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, पहिरोको त्रास कायमै



पहिरोका कारण अवरूद्ध बनेको पृथ्वी राजमार्ग बिहीबार अपरान्हदेखि एकतर्फी सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिकाको नाग्दीखोला आसपास पहिरो खसेर बुधबार रातिदेखि राजमार्ग अवरूद्ध भएको थियो।

बाटो अबरुद्ध भएपछि मुग्लिङ-नौविसे सडक खण्डमा सवारी साधन बुधबारदेखि रोकिएका थिए ।

सडक विभागले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरेको थियो । अपराह्नसम्ममा राजमार्गको साँघुरो भाग खुला गरेर एकतर्फी बाटो खोलिएको छ ।

तस्वीरहरूः दान बहादुर गुरूङको फेसबुक पेजबाट