• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह



काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै हाल सामाजिक सञ्जालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको सञ्चालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्न र नगराउन सूचित गरेको हो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको स्पष्ट गरेको छ । त्यस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ ।

साथै सेवाग्राहीहरुलाई भ्रममा नपर्न र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको कसैलाई थाहा/जानकारी भए प्राधिकरण अनुगमन महाशाखामा खबर गर्न सूचनामा अनुरोध गरिएको छ ।