• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ

गठबन्धन र राष्ट्रको चासो !



हालको राष्ट्रिय गठबन्धनमा १० पटक प्रधानमन्त्री भएका व्यक्तिहरुको जमघट छ । अनेकौं पटक उपप्रधानमन्त्री र मन्त्री भएका उनिहरुका पछौटेहरुले जताततै ताइँफाइँ गरिरहेको पनि देखिन्छ । प्रधानमन्त्रीको सरकारी निवासमा भेटघाट भएका समाचार पनि सुन्न पाइन्छ ।

त्यस्ता भेटघाटमा जिल्ला समन्वय समितिमा गठबन्धन गर्ने र आगामी प्रदेश र संघीय संसदको निर्वाचनसम्म पनि गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको विषय सार्वजनिक हुन्छ ।

तर विडम्वना !

१ ) राजधानी शहरको फोहोरको व्यवस्थापन गर्ने सम्बन्धमा गठबन्धनमा छलफल भयो र यस्तो निस्कर्ष निस्कियो भन्ने समाचार सुन्न पाइँदैन ।

२) मेलम्ची खानेपानी परियोजनामा देखिएको समस्याको समाधान गर्ने सम्बन्धमा छलफल भयो भन्ने समाचार सुन्न पाइँदैन ।

३) अन्य राष्ट्रिय गौरबका आयोजनामा देखिएका समस्या समाधान गर्ने सम्बन्धमा छलफल भएको भन्ने सुन्न पाइँदैन ।

४) विभिन्न समाचारमा आउने गरेका नीतिगत भ्रष्टाचार र अन्य भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने विषयमा छलफल भएको कुरा सुन्न पाइँदैन ।

५)संसदमा पेश भएका महत्वपूर्ण विधेयकहरुका सम्बन्धमा छलफल भएको सुन्न पाइँदैन ।

६) प्रधान न्यायाधीश विरुद्धको महाभियोग संसदमा विचाराधिन छ । त्यसको छिनोफानो नगर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत वेइज्जति भइरहेको छ । तर गठबन्धनको छलफलमा यस विषयले प्राथमिकता पाएको देखिंदैन ।

७) किसानले मल नपाएर कृषिमा अवरोध आइरहेको विषयले गठबन्धनको ध्यान आकर्षण गर्न सकेको छैन ।

८)प्रशासनयन्त्र इतिहासमै सबैभन्दा बढी अस्थिर भएकोछ । यस सम्बन्धमा गठबन्धनमा छलफल भएको सुन्न पाइँदैन ।

९) पुँजीगत खर्च कम भएर विकास निर्माणमा वाधा पुगिरहेकोछ । यस सम्बन्धमा छलफल भएको सुन्न पाइन्न ।

१०) बलत्कार र हत्याका अनेकौं घटनाहरु भएका समाचार आइरहेका छन् । तिनको समाधान गर्न के कस्ता उपाय अवलम्बन गर्ने भन्ने सम्बन्धमा छलफल भएको सुन्न पाइँदैन ।

११) विचौलिया, माफिया, डन, तस्करहरुबाट जताततै राष्ट्रिय सम्पत्तिको हिनामिना भइरहेका खबरहरु आइरहेका छन् । तिनको निराकरण गर्ने सम्बन्धमा गठबन्धनमा छलफल भयो भन्ने सुन्न पाइँदैन ।

यी पटकेहरु (विपक्षी दलका नेताको समेत जोड्दा १३ पटक नै पुग्छ) फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । यिनलाई मतदाताले फेरि पनि मत दिन्छन नै त होला !

-पूर्व सचिव शारदाप्रसाद त्रितालको फेसबुकबाट